१० आभरमै नेपाललाई चौथो सफलता
काठमाडौं । एसीसी प्रिमियर कपको फाइनल खेलमा नेपालले बलिङमा शानदार सुरुवात गरेको छ । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल र संयुक्त अरब इमिरेट (युएई)बीचको फाइनल खेलमा पहिला ब्याटिङ गरेको युएई १० ओभरमै चौथो विकेट गुमाएको छ ।
युएईका कप्तान मुहम्म्मद वासिम ११ रन,आर्यन लाक्रा १३रन, वृत्य अरविन्द ८ रन तथा रमिज शाहजाद १ रनमा आउट भएका छन् । नेपालका करन केसीले २ तथा सोमपाल कामी र ललित राजवंशीले एक एक विकेट लिए ।
अहिले क्रिजमा आसिफ खान र रोहन मुस्ताफा रहेका छन् । युएईले ११ ओभरमा ४० रन बनाएर ४ विकट गुमाएको छ ।
आजको खेलमा नेपालले एक परिवर्तन गरेको छ । आज दीपेन्द्र सिंह ऐरीलाई बाहिर राख्दै गुल्शन झालाई समावेश गरेको छ ।
आज हुने फाइनल खेलको बिजेता टोलीले भारत र पाकिस्तानलगायतका टिमसँग खेल्न पाउने छन् ।
नेपाली टीमः
रोहित कुमार पौडेल, आसिफ शेख, कुशल भुर्तेल, भीम शार्की, कुशल मल्ल, गुल्शन झा, आरिफ शेख, सोमपाल कामी, करन केसी, सन्दीप लामिछाने, ललित राजवंशी
No ads found for this position


डिसी नेपाल
Facebook Comment