एनपीएल: विराटनगर किङ्सविरुद्ध चितवन राईनोजले पहिले ब्याटिङ गर्ने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गत आज भइरहेको दोस्रो खेलमा विराटनगर किङ्सविरुद्ध चितवन राईनोजले ब्याटिङको निम्तो पाएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको टसमा विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका छन्।
यससँगै चितवन राईनोजले अब पहिलो इनिङ्समा ब्याटिङ गर्नेछ। प्रतियोगिताको रोमाञ्चक यस भेटमा दुवै टिम विजयी सुरुवात गर्ने लक्ष्यका साथ मैदान उत्रिएका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment