एनपीएल-३: चितवन राइनोजका डेभिड मलानले प्रहार गरे सिजनको पहिलो अर्धशतक
काठमाडौं। त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलो अर्धशतक प्रहार गर्ने कीर्तिमान चितवन राइनोजका ब्याटर डेभिड मलानको नाममा दर्ता भएको छ।
विराटनगर किङ्ग्सविरुद्धको खेलमा उत्कृष्ट ब्याटिङ गर्दै मलानले ४१ बलमै आफ्नो अर्धशतक पूरा गरे। विस्फोटक ब्याटिङका क्रममा उनले ५ चौका र ३ छक्का प्रहार गरेका छन्।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवन राइनोजले ताजा स्थितिमा १२ ओभरको समाप्तिमा २ विकेटको क्षतिमा ८८ रन बनाएर खेलिरहेको छ।






No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment