के तपाईंलाई थाहा छ, चौलनीले पनि कपाल राम्रो बनाउँछ नि!

डिसी नेपाल
२० वैशाख २०८० ७:३१
204
Shares

काठमाडौं। प्रायः कोरियाली र चिनियाँ नागरिक कपाल हेरचाह सबन्धी आफ्नो उत्पादनमा चामलको पानीको प्रयोग गरेको देख्नु भएको नै होला।

धेरैले यसलाई अनुहारमा पनि लगाउँछन् र धेरैले कपाललाई बाक्लो र मुलायम बनाउनका साथै कपालको वृद्धि बढाउन चामलको पानी प्रयोग गर्छन्।

तर, के चामलको पानी साँच्चै प्रभावकारी हुन्छ? चामलको पानी चामल धोएर, भिजाएर र उमालेपछि निस्कने स्टार्च पानी हो।

चामलको पानीमा भिटामिन बी १, भिटामिन बी ६, फस्फोरस, सेलेनियम, म्यांगनीज, म्याग्नेसियम र अन्य तत्वहरु पाइन्छ। यसमा पोटासियम, आयोडिन, जिंक र फाइबर पनि केही हदसम्म पाइन्छ। चामलको पानीले कपालमा लगाउँदा हुने फाइदा र त्यसले देखाउने प्रभावका बारेमा जान्नुहोस्।

चामलको पानी कपालमा लगाउँदा धेरै फाइदा हुन्छ। यसले कपालको क्युटिकललाई सुधार्छ, यसको प्रयोगले कपालको चमक बढाउँछ र साथै टाउकोलाई स्वस्थ राख्न मद्दत गर्छ। यही कारणले गर्दा यो धेरै कपाल हेरचाह उत्पादनमा समावेश भएको हो।

चामलको पानीमा धेरै एन्टिअक्सिडेन्ट पनि पाइन्छ, जसले कपाललाई समयपूर्व नै कालो हुनबाट रोक्छ। यस्तो पानीमा रहेको खनिज तत्वहरुले कपाललाई औषधिको रुपमा काम दिन्छ, जसकाकारण लगातार कपाल झर्न पनि रोकिन्छ।

यो पर्यावरण मैत्री तरिकाले कपाल हेरचाह गर्ने कार्य चीनमा पनि व्यापक रूपमा प्रयोग गरिन्छ। जस्तो कि चीनको हुयांगुलुओ याओ गाउँका महिलाहरूको कपाल चामलको पानीले धोएपछि मात्र घुँडा मुनि पुग्ने विश्वास गर्छन्।

तपाईं पनि चामलको पानीको फाइदा उठाएर कपालमा लगाउनुहोस् र आफ्नो कपाल कम्मरसम्म बढाउन सक्नुहुन्छ, घुँडासम्म मात्रै होइन।

चामलको पानी बनाउने धेरै तरिकाः

-पहिलो तरिका भनेको चामल उमालेर यो पानी बनाउनु हो। यसका लागि आधा कप चामल लिनुहोस् र त्यसमा २ गिलास पानी मिसाउनुहोस्। अब यो चामल पकाउनुहोस् र पकाएपछि चामललाई छान्नुहोस् र बाँकी पानीलाई भाँडोमा राख्नुहोस्। यदि तपाईं चाहनुहुन्छ भने अलि बढी पानी पनि प्रयोग गर्न सक्नुहुन्छ।

-अर्को तरिका चामल भिजाएर चामलको पानी तयार गर्ने हो। यसका लागि एक कप चामललाई राम्ररी धुनुहोस् र त्यसमा २ देखि ३ गिलास पानी हालेर भिजाउनको लागि राख्नुहोस्। अब आधा घन्टापछि चामललाई छानेर पानी अलग गर्नुहोस्।

-फरमेटर राइस वाटर बनाउनका लागि २ कप चामल लिनुहोस् र त्यसमा दोब्बर पानी थप्नुहोस्। यसलाई २० देखि ३० मिनेट भिजाएर पानी छुट्याएर बोतलमा भर्नुहोस्। यो बोतललाई दिनभरको लागि बन्द गर्नुहोस् र यसलाई अँध्यारो ठाउँमा राख्नुहोस्। तपाईंका लागि अब फर्मेटर राइस वाटर तयार भयो।

अब त्यो पानीले कपाल धुनुहोस्। कपाललाई धुनका लागि तत्कालै चामलको पानी प्रयोग गर्न पनि सक्नुहुन्छ वा टोनरजस्तै शिरमा आधा घण्टासम्म राखेर कपाल धुन पनि सक्नुहुन्छ। र, अनि देख्नु हुनेछ त्यसकाे जादु।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.