नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सचिव पाण्डेलाई म्याद थप्न जिल्ला अदालत लगियो
काठमाडौ। ठगी आरोपमा पक्राउ परेका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको छ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको आरोप लागेका उनी आज दिउँसो प्रहरी कार्यालयमा आफैं उपस्थित भएका थिए।
पाण्डेमाथि अनुसन्धानका लागि १० दिन थुनामा राख्ने अनुमति माग्ने तयारी गरेको प्रहरीले जनाएको छ । जिल्ला अदालतले प्रहरीलाई सचिव पाण्डेमाथि थप अनुसन्धानका गर्नका लागि पहिलोपटक म्याद लिन खोजेको हो ।
पाण्डे तत्कालीन गृहसचिव हुँदा यो प्रकरणमा सामेल भएको आरोप छ । यसअघि पक्राउ परेका अन्य व्यक्तिले पाण्डेका पनि संलग्नता रहेको बयान दिएपछि प्रहरीले पक्राउ गर्ने तयारीमा रहेका उनी आफैं प्रहरी समक्ष उपस्थित भएका हुन्।
यसैगरी, आजै नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलगायत बिरुद्ध पनि पक्राउ पुर्जी जारी गरिसकेको छ ।







डिसी नेपाल







Facebook Comment