खानेपानी शुद्धताको सवालमा कुनै सम्झौता हुँदैनः नवनियुक्त मन्त्री यादव
काठमाडौं। नवनियुक्त खानेपानीमन्त्री महिन्द्रराय यादवले जलसँग जीवन जोडिएकाले खानेपानीको शुद्धताको सवालमा कसैसँग कुनै प्रकारको सम्झौता नहुने बताएका छन्।
मन्त्रालयमा आज पदबहाली गर्दै उनले नेपालको संविधानमा मौलिक हकका रूपमा स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको व्यवस्था रहेको उल्लेख गर्दै जनताको उक्त हकलाई उच्च प्राथमिकता राखेर सामूहिकरूपमा काम गर्न कर्मचारीहरूलाई निर्देशन दिए। उनले मौलिक हकको व्यवस्थालाई साकार पार्नमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धतासमेत जनाए ।
दिगो विकास लक्ष्यअन्तर्गत खानेपानी तथा सरसफाइको क्षेत्रलाई विशेष प्राथमिकता राखेर नेपाली जनतालाई सुरक्षित खानेपानी र सरसफाइको पहुँचमा ल्याउन आफू कटिबद्ध रहेको उनको भनाइ थियो ।
मन्त्री यादवले स्वच्छ नेपाल अभियानलाई दिगोरूपमा सञ्चालन गर्न विशेष संयन्त्र गठन गर्न र छुट्टै सरसफाइसम्बन्धी विशेष कोषको स्थापना तथा सोको कार्यान्वयनको फाइल सदर गर्दै आज कार्यभार सम्हालेका हुन् ।
गत चैत १७ गतेको मन्त्रिपरिषद् विस्तारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त भएका उनलाई आज प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले खानेपानीमन्त्रीमा नियुक्त गरेका हुन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment