नक्कली शरणार्थी प्रकरणमा भ्रष्टलाई जोगाउने र एमालेविरुद्ध नियोजित प्रहार गरेको ओलीको आरोप
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली शरणार्थी प्रकरणमा भ्रष्टहरुलाई जोगाउने र एमालेविरुद्ध नियोजित रुपमा प्रहार गर्ने काम भएको आरोप लगाएका छन्।
सोमबार ललितपुरमा एमाले निकट राष्ट्रिय युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले केही मान्छेहरुलाई बदनाम गर्ने, भ्रष्टहरुलाई जोगाउने र एमालेमाथि नियोजित रुपमा प्रहार गर्ने काम भएको आरोप लगाएका हुन्।
उनले उक्त प्रकरणमा कसलाई फसाउने वा कसलाई उन्मुक्ति दिने भन्ने निर्देशन प्रधानमन्त्रीबाटै भएको दाबी गर्दै प्रधानमन्त्री भएर स्टन्ड नभइ निष्पक्ष छानविन गर्नुपर्ने बताए।
उनले एमालेले कसैको दोषलाई ढाकछोप नगर्ने तर एमालेमाथि षडयन्त्र हुन्छ भने मुकावला हुने चेतावनी दिए। ओलीले नक्कली शरणार्थी प्रकरणमा यसअघि पक्राउ परेकालाई छोडिएको दाबी गरे।
उनले प्रधानमन्त्रीले नै आफुलाई दुई पटक भेट्न बोलाएको र भेटपछि भ्रष्टहरुलाई जोगाउन दबाब दिएको भन्दै प्रधानमन्त्रीले गलत अफवाह फैलाएको बताए।
नक्कली शरणार्थी प्रकरणमा प्रधानमन्त्रीले ट्रेलर मात्र भएको भनेकोमा ओलीले आफूहरु पुरा फिल्म हेर्न आतुर रहेको जिकिर गरे।







डिसी नेपाल








Facebook Comment