राप्रपा प्रवक्ता मोहन श्रेष्ठलाई मातृशोक

डिसी नेपाल
२६ वैशाख २०८० १४:४८
104
Shares

काठमाडौं। राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठलाई मातृशोक परेको छ।

प्रवक्ता श्रेष्ठकी ८१ वर्षीया आमा दिलमाया श्रेष्ठको उपचारका क्रममा ललितपुरको अल्का अस्पतालमा मंगलबार निधन भएको हो।

उनी मुटु, रक्तचाप र स्नायुसम्बन्धी समस्याबाट पीडित थिइन्। दिलमायाको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ। स्वर्गीय दिलमायाका एक छोरा र एक छोरी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.