नक्कली भुटानी शरणार्थी प्रकरणका अपराधीलाई कारवाही गर्नुपर्ने भन्दै नेकपा एसको प्रदर्शन

डिसी नेपाल
२८ वैशाख २०८० १६:३२
152
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका सबै अपराधीलाई कडा कारवाही गर्नुपर्ने भन्दै नेकपा एकीकृत समाजवादीले काठमाडौंमा प्रदर्शन गरेको छ ।

बिहीबार काठमाडौंको माइतिघरमा एकीकृत समाजवादीका मोर्चा संगठनहरुले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरुलाई छिटो भन्दा छिटो कानूनी दायरामा ल्याई कडा कारवाही गर्नुपर्ने भन्दै प्रदर्शन गरेका हुन् ।

उनीहरुले यस प्रकरणमा कुनै पनि दबाबका कारण पछि हट्न नहुने जनाएका छन् । उनीहरुले यस प्रकरणमा निकै अघि बढिसकेको अनुसन्धानलाई पछि नढकेल्न समेत ध्यानाकर्षण गराएका छन् । नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य बलराम बाँस्कोटाले भ्रष्टाचार बिरुद्धको आन्दोलनको उद्घोष गरेको र यसलाई देशव्यापी बनाउने बताए । राजनीतिलाई आधार बनाएर हुने भ्रष्टाचारले समग्र मुलुक र राजनीतिको बदनाम भएकाले यसलाई सदाका लागि अन्त्य हुनुपर्ने उनले बताए ।

समाजवादीका मोर्चा संगठनहरुले नक्कली भुटानी शरणार्थी प्रकरणका साथै सवै प्रकारका भ्रष्टाचारहरुलाई छानविन गर्नुपर्ने जनाएका छन् ।




प्रतिक्रिया

One thought on “नक्कली भुटानी शरणार्थी प्रकरणका अपराधीलाई कारवाही गर्नुपर्ने भन्दै नेकपा एसको प्रदर्शन

  1. नक्कली भुटानी शरणार्थी मात्र होइन , उक्रेनी शरणार्थी बनेर पनि अमेरिका ,क्यानडा आउन तयार छन नेपालीहरु । त्यो लहर पनि चलेको होला ,त्यता तिर पनि ध्यान जावोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.