प्रतिनिधिसभा बैठक जारी, नियम निलम्बनको प्रस्ताव पारित

डिसी नेपाल
४ जेठ २०८० १३:२१
84
Shares

काठमाडौं। प्रतिनिधिसभा बैठक सुरु भएको छ । बिहान ११ बजे डाकिए पनि दुई घण्टा ढिलो गरी बैठक सुरु भएको हो । बैठकमा नियम निलम्बनको प्रस्ताव पेस गरिएको छ ।

बिहीबारको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने कार्यक्रम छ । सोहीसँग सम्बन्धित् नियम निलम्बनसम्बन्धी प्रस्ताव पेस गरिएको हो ।

कांग्रेसका रमेश लेखकले पेस गरेको नियम निलम्बनको प्रस्तावलाई एमालेका महेश बर्ताैला र रास्पवाका सन्तोष परियारले समर्थन जनाएका छन् । उक्त प्रस्तावमा प्रधानमन्त्रीसँग बढीमा १५ जनाले प्रश्नोत्तर गर्ने पाउनेछन् । साे प्रस्ताव बैठकले पारित  गरेकाे छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.