नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएका सबैमाथि छानबिन हुनुपर्छ : गगन थापा

डिसी नेपाल
१० जेठ २०८० १२:३२
88
Shares

काठमाडौं। कांग्रेस सांसद गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएका सबैमाथि निष्पक्ष छानबिन गर्नुपर्ने बताएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएका जोसुकै भए पनि उनीहरुमाथि पनि निष्पक्ष छानबिन गर्नुपर्ने बताएका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरण सरकारको परीक्षा भएको भन्दै उनले सरकारले नाम मुछिएका जोसुकैमाथि अनुसन्धान गर्नुपर्ने दोहोर्‍याए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.