पिएसजीलाई यस सिजनको फ्रेन्च लिगको उपाधि

डिसी नेपाल
१४ जेठ २०८० ६:३९
2.4k
Shares

काठमाडौं। पेरिस सेन्ट जर्मेन (पिएसजीं) ले फ्रेन्च लिग वानको उपाधि जितेको छ।

स्ट्रासबर्गसँग १-१ को बराबरी खेल्दै पिएसजीले एक खेल अगावै फ्रेन्च लिगको उपाधि हासिल गरेको हो। यो जीतसँगै पिएसजीले ११औं पटक फ्रेन्च लिगको उपाधि उचालेको हो।

पिएसजीलाई च्याम्पियन बन्न एक अंकको खाँचो रहेको बखतामा शनिवार राती भएको खेलमा लियोनेल मेस्सीले गरेको गोलले पिएसजीलाई उपाधि जित्न सहज भएको हो। पहिलो हाफमा गोलरहित बराबरीमा टुंगिए पनि दोस्रो हाफको ५९औं मिनेटमा मेस्सीले केलियन एमबाप्पेको पासमा गोल गरेका थिए।

तर, घरेलु टोली पिएसजीले लिएको सो अग्रता लामो समयसम्म कायम रहन भने सकेन। खेलेको ७९औं मिनेटमा केभिन गेमेरियोले गोल गरे पछि स्ट्रासबर्गले बराबरीमा मात्रै खेलेन, रेलिगेसनवाट जान पनि रोकियो।

यस बराबरीसँगै पिएसजीले ३७ खेलबाट ८५ अंक बटुलेको छ भने स्टार्सवर्ग ३७ खेलबाट ४० अंक जोडेर १५औं स्थानमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.