रेशम चौधरी रिहा (तस्वीरहरू)

डिसी नेपाल
१५ जेठ २०८० ८:२६
1.8k
Shares

काठमाडौं। रेशम चौधरी भए ६ बर्ष पछि जेलमुक्त भएका छन्। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले उनको बाँकी सजायँमा आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको भोलिपल्ट नै चौधरी जेलमुक्त भएका हुन्।

टिकापुर नरसंहारको दोषी ठहर गरे पछि जेल जीवन बिताईरहेका चौधरी गत जेठ २ गते सर्वोच्च अदालतले उच्च अदालतलको फैसाला सदर गरे पछि उनी २०९४ सालसम्म जेल बस्नु पर्ने थियो। तर, सरकारले गणतन्त्र दिवसको अवसरमा जेलमुक्त गर्ने निर्णय लिए पछि उनी १४ बर्ष अगाबै जेलमुक्त भएका हुन्।

डिल्लीबजार कारागारवाट जेल मुक्त हुदाँ उनको स्वागतका लागि नागरिक उन्मुक्ति पार्टीका नेता तथा कार्यकर्ताले फुल अबिरमाला गरेका छन्। उनकी पत्निसमेत रहेकी मन्त्री रञ्जिता श्रेष्ठ पनि डिल्लीबजार कारागार पुगेकी छिन्। उनी २०७४ फागुनमा पक्राउ परेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.