आइपीएल फाइनलको ठिक अगाडि अम्बाती रायडुले गरे सन्यासको घोषणा

डिसी नेपाल
१५ जेठ २०८० ११:२३
8.7k
Shares

काठमाडौं । आइतबार सन्यासको घोषणा गर्दै क्रिकेटर अम्बाती रायडुले आज रातिको आईपीएल फाइनल खेल आफ्नो अन्तिम खेल हुने बताएका छन् । साथै उनले अब यो निर्णयमा यु टर्न नलिने बताए ।

यद्यपि आइपीएल फाइनल आइतबार राति वर्षाका कारण हुन सकेन । फाइनलको लागि रिजर्भ डे राखिएकोले अब फाइनल खेल आज सोमबार पहिलेकै समयमा हुनेछ ।

उनले ट्वीटमा भनेका छन् कि उनले आईपीएलका दुई उत्कृष्ट टोली मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सका लागि १४ सिजनमा २०४ खेल खेलेका छन्। यसबाहेक ११ प्ले अफ, आठ फाइनल खेल र पाँच ट्रफी पनि देखेका छन् ।

उनले लेखे, “मैले निर्णय गरेको छु कि आज रातिको फाइनल खेल मेरो आईपीएलमा अन्तिम खेल हुनेछ। मलाई यो महान प्रतियोगितामा खेल्न पाउँदा रमाइलो लाग्यो। सबैलाई धन्यवाद।”

यसअघि सन् २०१९ मा पनि अम्बाती रायडुले सन्यासको घोषणा गरेका थिए । भारतको चौथो नम्बरमा रायुडुले राम्रो ब्याटिङ गरिरहेका थिए । अचानक उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरे । त्यतिबेला उनको उमेर ३३ वर्ष थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.