आइपीएलको विजेताको निर्णय सुपर ओभरबाट हुनसक्ने, खेल नै हुन नसके कसले पाउँछ उपाधि ?

डिसी नेपाल
१५ जेठ २०८० १३:०२
11.2k
Shares

काठमाडौं । आइतबार अहमदाबादमा भारी वर्षाका कारण इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को फाइनल खेल हुन सकेन। यस्तो अवस्थामा यस उपाधि खेलको निर्णय आज मे २९ मा रिजर्भ डेमा हुनेछ । यो खेल महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्स र हार्दिक पाण्ड्याको नेतृत्वमा रहेको गुजरात टाइटन्सबीच हुनेछ ।

अहमदाबादमा सोमबार पनि वर्षा भयो भने यो फाइनल खेल पनि सुपर ओभरबाट हुने सम्भावना छ । यदि यसो भयो भने यो दुई वर्षपछि आईपीएलमा पहिलो सुपर ओभर हुनेछ। अन्तिम सुपर ओभर २५ अप्रिल २०२१ मा भएको थियो, जसमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई हराएको थियो।

आइपिएल २०२२ को सिजनको फाइनल खेलका लागि रिजर्भ डे राखिएको थियो भने यसपटक पनि फाइनलका लागि रिजर्भ डे राखिएको छ । रिजर्भ डेमा पनि भारी वर्षा भएमा कम्तिमा ५–५ ओभरको खेल गराउने प्रयास गरिनेछ । न्यूनतम ५–५ ओभरको खेल खेल्न नसके सुपर ओभरबाट खेलको नतिजा निकाल्ने प्रयास गरिने छ ।

रिजर्भ डेमा वर्षाका कारण सुपर ओभर पनि सम्भव भएन भने यस्तो अवस्थामा गुजरात टाइटन्स च्याम्पियन घोषित हुनेछ । आइपीएल प्लेइङ कन्डिसन १६.११.२ अनुसार समूह चरणका खेलहरू पछि जुन टोली अंक तालिकाको शीर्ष स्थानमा रहन्छ, फाइनल खेल रद्द भएमा उसैलाई विजेता घोषित गरिन्छ।

कुनै पनि प्लेअफ खेल रद्द भएमा, त्यसमा अंक तालिकाको आधारमा निर्णय लिइन्छ। यस सन्दर्भमा, गुजरात शीर्षमा थियो भने चेन्नईको टोली दोस्रो नम्बरमा थियो। यसरी फाइनल नभए गुजरात च्याम्पियन मानिनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.