नेविसंंघले प्रधानमन्त्रीलाई भन्याे-भ्रष्टाचारविरुद्धकाे कदमलाई साथ छ

डिसी नेपाल
१५ जेठ २०८० १४:२३
52
Shares

काठमाडौं। नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको छ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा नेविसंघले प्रधानमन्त्री प्रचण्डले सुसासन र भ्रष्टाचारविरुद्ध चालेको कदमको प्रशंसा गर्दै सरकारको भ्रष्टाचार विरोधि अभियानमा साथ रहेको बताएको छ। साथै, नेविसंघले प्रधानमन्त्रीसँग विभिन्न मागहरु राखेको छ।

संगठनको तर्फबाट आफ्ना मागहरु प्रस्तुत गर्दै नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले त्रिवि सेवा आयोगको अध्यक्ष नियुक्ति, नास्टको उपकुलपति नियुक्तिका साथै शैक्षिक सुधारको निम्ति राज्यले नीति अवलम्बन गर्नुपर्ने भन्दै विभिन्न माग राखे।

सो क्रममा प्रधानमन्त्री प्रचण्डले त्रिवि सेवा आयोगको अध्यक्ष छिट्टै नियुक्त हुने बताए। साथै, शैक्षिक क्षेत्रको सुधार र विश्वविद्यालयलाई अविश्कार र अनुसन्धानको केन्द्रको रुपमा विकास गर्ने कुरा नीति तथा कार्यक्रममा समावेस गरिएको र आवश्यक बजेट व्यवस्था गर्ने कोशिस भइराखेको उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.