नागरिकता विधेयक प्रमाणीकरणले संसद बैठक अवरुद्ध, सांसदहरुको नाराबाजी

डिसी नेपाल
२१ जेठ २०८० १२:३८
196
Shares

काठमाडौं।प्रतिनिधिसभा बैठक अवरुद्ध भएको छ। नागरिक विधेयक प्रमाणीकरणसहितको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका दलले अवरोध गरेका हुन्।

आइतबार बैठक सुरु भएलगत्तै एमाले, राप्रपा, रास्वपाका सांसदहरुले उठेर विरोध जनाइरहेका छन्। सभामुख देवराज घिमिरेले पटक पटक बस्न आग्रह गरे पनि उनीहरुले नाराबाजी गरिरहेका छन्।

राष्ट्रपतिबाट संसद् छलेर असंवैधानिक रूपमा विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गरेको तथा प्रधानमन्त्रीले विदेशी भूमिमा गएर देशको भूभाग साटफेर गर्ने भनी दिएको अभिव्यक्ति राष्ट्रघाती रहेको भन्दै एमालेले जवाफ मागेको हो।

आजको बैठक सुरू हुनासाथ एमालेसहितका सांसदहरू उठेर विरोध जनाएका छन्।

प्रधानमन्त्री दाहालले भारतको आफनो चार दिने औपचारिक भ्रमणको क्रममा बंगलादेशसँग सीमा पहुँच पुर्‍याउनका लागि कालापानीको भूभाग साटफेर गर्न सकिने विकल्पका बारेमा पनि भारतीय पक्षसँग छलफल भएको जानकारी दिएका थिए। सोही अभिब्यक्तिलाई लिएर एमालेले आपत्ति जनाएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.