एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

डिसी नेपाल
३ पुष २०८२ १३:३२
228
Shares

काठमाडौं। नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन्। २२ सय २७ खसेको मतमा भट्टले १४ सय ५२ सर्वाधिक मत पाए। ईश्वर प्यानलबाट भट्टराई विजयी भएका छन्।

महासेठले १३ सय ६८, भट्टराई ले १३ सय ४८ मत पाएर जिते।

चौथो स्थानमा रहेका विष्णु रिमालले १ हजार ९१ मत ल्याए। आनन्द पोख्रेल ६३५, वैजनाथ चौधरी ५१७ र राजेन्द्र गौतम २७० मत पाए। गौतमले आफ्नो उम्मेदवारी निष्क्रिय गरेको घोषणा गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *