दोस्रो चरणको चक्रपथ विस्तारको काम छिटै सुरु हुन्छः मन्त्री ज्वाला

डिसी नेपाल
२३ जेठ २०८० १९:३३
112
Shares

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले दोस्रो चरणको चक्रपथ सडक विस्तार आयोजनाको निर्माण छिटै सुरु हुने बताएका छन्।

मंगलबार दोस्रो चरणको चक्रपथ सडक विस्तार आयोजना अन्तर्गत काठमाडौंको कलंकीदेखि बसुन्धारासम्मको सडकखण्ड निरिक्षण गर्दै मन्त्री ज्वालाले उक्त आयोजना छिटै सुरु हुने बताएका हुन्।

उनले कलंकीदेखि बसुन्धारासम्मको ८ दशमवल २ किमि सडकका सरकारले गर्नुपर्ने सम्पूर्ण काम सम्पन्न गरेको र चीन सरकारले डिपिआर बनाएर छिटै टेन्डर गर्ने जानकारी दिए।

मन्त्री ज्वालाले दोस्रो चरणको चक्रपथ सडक विस्तार आयोजनाको काम छिटो सुरु गर्ने गरि तयारी गर्न आग्रह गरिएको बताए । उनले उक्त सडकखण्ड अन्तर्गत ढुङ्गेधारा, गंगबु र बसुन्धारामा सडकका साथै अण्डरपास बनाउनका आग्रह गरेको र चिनिया राजदूतबाट सकारात्मक जवाफ प्राप्त भएको उल्लेख गरे।

अनुगमनमा नेपालका लागि चिनिया राजदूत लगाएत सरोकारवाला निकायका अधिकारीहरुको पनि उपस्थीति रहेको थियो । चीन सरकारको अनुदानमा निर्माण भइरहेको चक्रपथ सडक विस्तार अन्तर्गत पहिलो चरणको कोटेश्वरदेखि कलंकीसम्मको विस्तारको काम सम्पन्न भइसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.