नेपालका व्यापारीले भारतबाट आलु, प्याज आयात गर्न बन्द गरे

डिसी नेपाल
३१ जेठ २०८० १४:००
23.5k
Shares

काठमाडौं । कर बढेपछि भारतबाट आलु, प्याजलगायत तरकारी आयात गर्न बन्द गरेको नेपालका व्यापारीले मंगलबार बताएका छन् । उनीहरूले १३ प्रतिशत भ्याट तिरेर आयात नगर्ने बताएका छन् ।

गत महिना नेपाल सरकारले भारतबाट आउने यी सामानमा १३ प्रतिशत भ्याट लगाएको थियो ।

नेपाल सरकारको यो कदमको प्रतिपक्षी दलले कडा विरोध गर्दै न्यून आय भएका परिवारले यसबाट निकै सास्ती खेप्नु पर्ने र पहिले नै आकासिएको महंगी अझै बढ्न सक्ने बताएको छ ।

संसदमा पेश भएको आर्थिक विधेयक अनुसार प्याज, आलु, अन्य तरकारी तथा फलफूलको आयातमा अब १३ प्रतिशत भ्याट लाग्ने भएको छ ।

स्वदेशी किसानलाई फाइदा पुग्ने गरी यो कदम चालिएको सरकारको भनाइ छ । गत वर्ष नेपालले भारतबाट १ लाख ७३ हजार ८२९ टन प्याज आयात गरेको थियो ।




प्रतिक्रिया

One thought on “नेपालका व्यापारीले भारतबाट आलु, प्याज आयात गर्न बन्द गरे

  1. प्रत्तेक कुराकोको विरोध मात्र नगरौ । विरोधाभाष युक्त समाजको सिर्जना मात्र अनुभूती हुंदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *