तीन कम्पनीको सेयर भाउमा सकारात्मक सर्किट, कुनको कति ?
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको सेयर भाउमा सकारात्मक सर्किट लागेको छ।
सेयर सर्किट लागेको कम्पनीमा सिटी होटल, बिपीडब्लु लघुवित्त वित्तीय संस्था र इङ्ग्व हाइड्रोपावर रहेका छन्। यी तीन कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर पोजेटिभ सर्किट लागेको हो।
सिटी होटलको सेयर भाउ २१ रुपैयाँ ६० पैसाले बढेर २ सय ३७ रुपैयाँ ७० पैसा, बिपीडब्लु लघुवित्तको सेयर भाउ ६८ रुपैयाँ ३० पैसाले बढेर ७ सय ५२ रुपैयाँ १० पैसा र इङ्ग्व हाइड्रोपावरको सेयर भाउ २९ रुपैयाँ १० पैसाले बढेर ३ सय २० रुपैयाँ ९० पैसा पुगेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment