आज सोमबार, कस्तो छ तपाईंको राशिफल?

डिसी नेपाल
३० चैत २०८२ ६:१८
96
Shares

मेष : दिन राम्रो छ। धार्मिक अभियन्तासँगको भेटले मन शान्त बन्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीको उचित मूल्य प्राप्त हुनेछ। राजनीतिक क्षेत्रबाट फाइदा हुनेछ। तपाईंको प्रस्ताव अनुमोदन हुने योग छ।

वृष : तपाईंको बोलीकै कारण महत्त्वपूर्ण काम बन्नेछ। भेटघाट र कार्यक्रममा मनमा लागेको कुरा सार्वजनिक गर्न पाउँदा मन खुशी हुनेछ। व्यापारमा गरेको लगानीबाट मन सन्तुष्ट हुनेछ। ठुलाको सम्मान गर्दा फाइदा हुनेछ।

मिथुन :शुभ समय छ । साना कुराले मनमा उत्साह थपिनेछ । गुम्न लागको धन हात पर्नेट । धार्मिक क्षेत्रमा झुकाव राखेमा फाइदा हुनेछ। आफन्तसँगको सहकार्यमा अगाडि बढ्नुपर्ने समय छ।

कर्कट : दाजुभाइसँग सहकार्य गरेर अगाडि बढेमा घाटा हुनेछ। मनका कुरा अरुलाई नभन्ने बानीले घाटा हुनेछ। धार्मिक क्षेत्रमा सहभागी हुने अवसर प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। कामको बोझ थपिने हुँदा मन अशान्त बन्नेछ। परिवार र दाम्पत्य जीवन सुखमय बित्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या :साथीभाइले तपाईंलाई काममा प्रयोग गर्नेछन्। परिवारमा रमाइलो घुमघाम तय हुनेछ। छरछिमेकमा गरेको शुभकार्यमा सहभागी हुने मौका मिल्नेछ। समाजमा सेवाको अवसर मिल्नेछ ।

तुला : अनुत्पादक क्षेत्रमा खर्च गर्ने बानीले मन उदास हुनेछ। शिक्षाको क्षेत्रमा गरेको गहिरो अध्ययनले मनमा सन्तुष्टि मिल्नेछ। विपक्षी साथीले साथ दिनेछन्। राजनीतिक क्षेत्रमा फाइदा हुनेछ। धार्मिक कुरामा विश्वास नहुने दिन छ।

वृश्चिक : स्वास्थ्यमा समस्या पर्ने जोखिम छ। शिक्षामा लगानीका लागि हिम्मत गर्नुपर्ने दिन छ। पढाइमा मन जानेछ। धार्मिक क्षेत्रका व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ।

धनु : उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। आफन्तले साथ र सहयोग गर्नेछन्। बौद्धिक क्षेत्रबाट असयोग हुने भएकाले जुनसुकै काममा मिहिनेत गर्नुपर्नेछ। दाम्पत्य जीवनमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा सोचेका काम बन्नेछन्। स्वास्थ्यले साथ दिनेछ। शिक्षामा अल्छीपनको असर देखिन्छ। राजनीतिक क्षेत्रमा प्रगति हुने योग रहेको छ।

कुम्भ : लामो यात्राका लागि दिन तय हुनेछ। धार्मिक व्यक्तिसँग भेटको संयोग जुट्नेछ। आम्दानीको बाटो भन्दा खर्च बढ्नेछ। मन अशान्त हुँदा सानो रकम दान गर्न सके फाइदा हुनेछ।

मीन : आफ्नै बोलीका कारण अप्ठेरो परिस्थिति बन्नेछ। बोल्नु अगाडि तीन पटक सोच्नुपर्नेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। धार्मिक क्षेत्रमा सक्रिय नहुँदा घाटा हुने छ। ठुला व्यक्तिसँग लिएको सुझावले अगाडि बढ्न सहयोग गर्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *