तल्लो बलेफी खोला जलविद्युत आयोजनामा कुमारी बैंकले लगानी गर्ने

डिसी नेपाल
६ असार २०८० १०:१७
68
Shares

काठमाडौँ। तल्लो बलेफी खोला जलविद्युत आयोजनामा कुमारी बैंकले लगानी गर्ने भएको छ। साझा पावार डेभलपमेन्ट प्राइभेट लिमिटेडले निर्माण गर्ने २० मेगावाट क्षमताको तल्लो बलेफी खोला जलविद्युत आयोजनामा कुमारी बैंकले लगानी गरेको हो।

कुमारी बैंक र साझा पावर डेभलपमेन्टबीच मंगलबार वित्तिय व्यवस्था (फाइनान्सियल क्लोजर) सम्पन्न भएको हो। साझा पावार डेभलपमेन्ट प्रालिको तर्फबाट कम्पनीका अध्यक्ष संजिव न्यौपाने र प्रबन्ध निर्देशक कुबेरमणि नेपाल र बैंकको तर्फबाट परियोजना वित्त पोषण प्रमुख भुषण तण्डुकारले फाइनान्सियल क्लोजरमा हस्ताक्षर गरेका थिए।

सिन्धुपाल्चोकको बलेफी नदिमा निर्माण हुने २० मेगावाट क्षमताको बलेफी तल्लो खोला जलविद्युत आयोजनामा रिडी पावर कम्पनी लिमिटेडको मुख्य लगानी रहेको छ। यो कम्पनीको निर्माण सुरु भएको मितिबाट २ वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको साझा पावार डेभलपमेन्ट प्रालिका प्रबन्ध निर्देशक कुबेरमणि नेपालले बताए।

बलेफी तल्लो खोला जलविद्युत आयोजनामा ४ सय ४० करोड लगानीमा रहेको छ। जसमा ७५ प्रतिशत कुमारी बैंकले लगानी गर्नेछ । बाँकी २५ प्रतिशत रकम रिडी पावरले हकप्रद जारीबाट उठेको रकम लगानी गर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *