यस्ताे छ आजकाे तरकारी तथा फलफूलकाे मूल्य

डिसी नेपाल
७ असार २०८० ८:४४
1.3k
Shares

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजकाे मूल्य सर्वजनिक गरेकाे छ।

जसअनुसार ठुलो गोलभेडा (नेपाली) प्रतिकेजी ३७ रुपैयाँ ५० पैसा, भारतीय गोलभेडा ४२ रुपैयाँ ५० पैसा, टनेल गोलभेडा १२ रुपैयाँ, रातो आलु ४३ रुपैयाँ ६० पैसा, भारतीय रातो आलु ३५ रुपैयाँ ५० पैसा, मुडेको रातो आलु ३७ रुपैयाँ ३३ पैसा, सेतो आलु ३४ रुपैयाँ ५० पैसाका किनबेच भइरहेकाे छ।

यसैगरी, सुकेको प्याज ४८ रुपैयाँ २० पैसा, लोकल गाजर ११५ रुपैयाँ, लोकल बन्दा १२ रुपैयाँ ४० पैसा, स्थानीय काउली र सखरखण्ड ८५ रुपैयाँ, स्थानीय ज्यापु काउली १०५ रुपैयाँ, रातो मूला २७ रुपैयाँ ५० पैसा, लाम्चो भन्टा र चिचिण्डो ३५ रुपैयाँ, तने बोडी, न्यूरो र दसहरी आँप ८५ रुपैयाँ, मकै बोडी, लोकल सिमी र झिगूनी ४५ रुपैयाँ, भटमासकोशा ९५ रुपैयाँ, लौका, घिरौला र बुलेट खुर्सानी ६५ रुपैयाँ, भिण्डी ७८ रुपैयाँ कायम गरिएकाे छ।

यस्तै, तोरीको साग ३५ रुपैयाँ, कन्य च्याउ २२५ रुपैयाँ, डल्ले च्याउ ३५६ रुपैयाँ, कुरीलो र गुन्द्रुक, २७५ रुपैयाँ, ब्रोकाउली ९५ रुपैयाँ, सेलरी र पुदीना १३५ रुपैयाँ, पासले २३५ रुपैयाँ, कागती १६३ रुपैयाँ ३३ पैसा, अनार ४२५ रुपैयाँ, मालदह आँप ७६ रुपैयाँ कायम गरिएकाे छ भने दसहरी आँप ७५ रुपैयाँ, मौसम १९० रुपैयाँ, लोकल काक्रो ९० रुपैयाँ, रुख कट्टहर ३५ रुपैयाँ, लोकल लिच्ची १२५ रुपैयाँ, किवि ७५० रुपैयाँ र आभोकाडो ६५० रुपैयाँ तोकिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *