अपी पावरले पायो हकप्रद सेयर निष्काशनको अनुमति

डिसी नेपाल
७ असार २०८० १०:१७
308
Shares

काठमाडौँ। नेपाल धितोपत्र बोर्डले अपी पावर कम्पनीलाई हकप्रद सेयर जारी गर्ने अनुमति प्रदान गरेको छ। बोर्डले कम्पनीलाई चुक्तापुँजीको ४० प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्ने अनुमति प्रदान गरेको हो।

अनुमति प्राप्त गरेसँगै अब कम्पनीले चुक्तापुँजीको ४० प्रतिशतले हुन आउने १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर बिक्री खुला गर्नेछ। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७०० रुपैयाँबराबरको हकप्रद सेयर बिक्री गर्नेछ।

यस हकप्रद सेयरमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *