सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

डिसी नेपाल
७ असार २०८० १०:५०
2.0k
Shares

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य निरन्तर घट्दै गई रहेको छ। बिहीबार सुनको मूल्य प्रति तोला १ लाख १० हजार ५ सय रुपैयाँ कायम भएको छ।

बुधबार प्रति तोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज ५ सय रुपैयाँले घटेर प्रति तोला १ लाख १० हजार ५ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख ९ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ६० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला २५ रुपैयाँले घटेको छ। बुधबार चाँदी प्रति तोला १ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *