देशको स्वाधीनताको अगाडि अदालतको आदेश अस्वीकार्य रहेको बालेनको उद्घोष

डिसी नेपाल
७ असार २०८० १५:००
568
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले देशको सार्वभौमिकता र स्वाधीनताको अगाडि  कानून र अदालतलाई नमान्ने बताएका छन्।

पाटन उच्च अदालतले काठमाडौं महानगरपालिकाको भारतीय फिल्ममा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको पछि प्रमुख बालेनले देशको सार्वभौमिकता र स्वाधीनताको कुरा आए आफू कुनै कानून र अदालतलाई नमान्ने बताएका हुन्।

उनले सामाजिक संजालमा स्टाटस लेख्दै भनेका छन्,‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन।’

भारतीय फिल्म कुनै हालतमा चल्न नदिने अडानमा दृढ रहँदै उनले त्यस बापत जस्तो सुकै सजाय भोग्न पनि तयार रहेको प्रष्ट्याएका छन्।

बालेनले अगाडि लेखेका छन्,‘फिल्म लेखकले नेपाल भारत को अधिनमा थियो भनी सके पछि उनिहरु को नियत थाहा हुन्छ। यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो ,अदालत र सरकार भारत को गुलाम भएको बुजिन्छ । यसको लागि जुन सुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.