परिवर्तनले जनतालाई राहत दिन सकेन, उल्टो संकटको चक्रब्युहमा फस्यो : कमल थापा
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले २०६२/०६३ पछिको परिवर्तनले जनतालाई राहत दिन नसकेको र देश उल्टो संकटको चक्रब्युहमा फसेको बताएका छन् ।
आज पार्टीको काठमाडौं जिल्ला भेलालाई सम्बोधन गर्दै थापाले विगतका त्रुटि कमजोरी सच्याउदै राप्रपा नेपाललाई पुनर्जागृत गरेको समेत बताए । १७ वर्ष देखि राजनितीक वर्चस्व जमाएर ठुला भन्ने दलहरुले मुलुकमा वेथिति ,विसङ्गती, कुशासन र ब्रम्हलुट मच्चाएको भन्दै थापाले मुलुकको स्वाधिनता कमजोर बनाउने ,अर्थतन्त्र धराशायी पार्ने , बेरोजगारी र भ्रस्टाचारको दलदलमा देशलाई फसाउने र धर्म परिवर्तनको डढेलो लगाउनेहरुले मुलुकलाई स्थिरता दिन नसक्ने पनि दाबी गरे ।
धर्म, संस्कृती र परम्परा नष्ट नगरी समेत मुलुकलाई बलियो बनाउन सकिन्छ भन्ने चेत शासकहरुसङ्ग नहुनु बिडम्बना भएको उनको तर्क छ । शक्ति,स्वार्थ र अवसरको बाटो सजिलो हुने तर निष्ठा,आदर्श र त्यागको मार्ग कठिन हुने भन्दै थापाले इमानदारीका साथ निष्ठाका बाटो हिड्नेहरु गन्तव्यमा पुग्ने बताए । जनतालाई केन्द्रमा राखेर राप्रपा नेपाल सडक केन्द्रित हुने समेत उनले स्पष्ट पारे । कार्यक्रममा पार्टीका उपाध्यक्ष जयकुमार खड्का,महामन्त्री राजाराम बर्तौला , नर थापा, डम्बर शिवाकोटी ,राजकुमार खड्का,श्याम घिमिरे ,दिनेश नापित लगायतले बोलेका थिए ।







डिसी नेपाल








Facebook Comment