०६२/०६३ को परिबर्तनले देश र जनताको हित गरेन: कमल थापा
महोत्तरी। राप्रपा नेपालका अध्यक्ष कमल थापाले ०६२/६३ को परिबर्तनबाट मुलुकको हित हुनुको सट्टा राष्ट्रियता कमजोर भएको, धर्मसंस्कृति र पहिचान मेटिएको, बिधिको शासनको धज्जी उडेको, भ्रष्टाचार र बेरोजगारी व्यापक रुपमा बढेको आरोप लगाएका छन्।
राप्रपाका नेता पूर्बमन्त्री एबं उपसभामुख स्वर्गीय रामबिलास यादवको महोत्तरीको एकडारा गाउँ पालिकामा निर्मित शालिकको अनावरण गर्दै थापाले निष्ठा,इमानदारी र आदर्शको राजनीति कमजोर भएको भन्दै केही सीमित दलका सीमित नेताहरुको सिन्डिकेटबाट मुलुक आक्रान्त भएको समेत दाबी गरे।
ठूला-ठूला भ्रष्टाचार काण्डमा आफूलाई ठूला भन्ने ठूला राजनीति दलका नेताहरुको संलग्नता भएको भन्दै थापाले आफ्नो स्वार्थ सिद्ध गर्नको लागि कानुनलाई समेत हातमा लिने दुश्प्रयास भैरहेको भन्दै थापाले यस्तो अक्षम्य काम नगर्न राजनितीक दलहरुलाई आग्रह गरे।
लोकतन्त्रको आबरणमा देशमा लुटतन्त्र मच्चाइएको भन्दै थापाले राजा, हिन्दु राष्ट्र ,एकात्मक राज्य प्रणाली अन्त्यपछि देश बन्छ, स्थिरतामा पुग्छ, समृद्धि आउँछ भन्नेहरुले आज मुलुकलाई कहाँ पुर्याए? भन्ने प्रश्न समेत थापाले गरे।
स्वर्गीय रामबिलास यादव राष्ट्रबादी ,बिकासप्रेमी र सदैब मधेसी जनताको हितमा कृयाशिल ब्यक्ति भएको समेत उनले भने।
कार्यक्रममा राप्रपा नेपालका उपाध्यक्ष राजिब पराजुली, विभिन्न पार्टीका नेताहरू ,स्थानीय जनप्रतिनिधि र स्वर्गीय यादवका छोरा शशिरन्जन यादब लगायतले स्वर्गीय यादबको ब्यक्तित्व बारे चर्चा गरेका थिए।







डिसी नेपाल








Facebook Comment