साेविता गाैतम ‘वान याेङ वर्ल्ड पाेलिटिसियन अफ द इयर’ काे सर्ट लिस्टमा

डिसी नेपाल
१० असार २०८० १०:१५
544
Shares

काठामडाैं। राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य एवम् सांसद साेविता गाैतम विश्वभरका युवा राजनीतिज्ञको प्रतिस्पर्धामा टप १५ मा पर्न सफल भएकी छन्।

विश्वरभरिका युवा राजनीतिज्ञ मध्येबाट ‘वान याेङ वर्ल्ड पाेलिटिसियन अफ द इयर’ काे सर्ट लिस्टमा पर्न सफल भएकी छन्। गौतम केही महिनादेखि  साे प्रतिस्पर्धामा सहभागी हुँदै आएकी थिइन्।

१८ देखि ३५ वर्षका नेताहरूलाई सर्टलिस्ट गर्ने वान वर्ल्डले सोभिता गौतमलाई २७ वर्षमा सांसद भएकी नेपालको इतिहासकै सबैभन्दा कान्छी सांसद भएको उल्लेख गरेको छ।

भ्रष्टाचार विरुद्धको गौतमको अभियान र लोकप्रियताकै कारण राष्ट्रिय स्वतन्त्र पार्टी देशको चौथो ठूलो पार्टी भएको पनि वान वर्ल्डले जनाएकाे छ। राजनीतिमा उनीहरूको प्रभावका आधारमा सर्टलिस्ट गरिएको हो। यी १५ जनामध्ये ५ जनालाई योङ वर्ल्ड पोलिटिसियन अफ द इयर अवार्ड प्रदान गर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.