जसपा विधान अधिवेशन, आज समूहगत छलफल हुने
काठमाडौं। जनता समाजवादी पार्टी नेपालको बिधान अधिवेशन जारी रहेको छ। सो अधिवेशनको दोस्रो दिन अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको विधानमाथि सोमवार १० समूहमा बिभाजन गरेर छलफल हुँदैछ।
हिजो आइतबार अध्यक्ष यादवले मस्याैदा विधान प्रस्ताव गरेका थिए, सोही प्रस्तावित विधानमा आजबाट समूहगत रूपमा छलफल हुन लागेको हो।
बैठकमा केन्द्रीय कमिटीका ४ सय १० सदस्य साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठन लगायतबाट देशभरी तथा प्रवाससमेत गरी करिव ८०० प्रतिनिधिहरु सहभागी भएर समुहगत छलफल गर्न लागेका हुन्।
पुनः एकल नेतृत्वमा फर्काउने जसपा नेपालका विधान पारित भएमा अध्यक्ष यादव पुनः शक्तिशाली हुनेछन्। विधानले ७० बर्षे उमेर हदको ब्यवस्थाका साथै एक ब्यक्ति एउटै पदमा दुई कार्यकाल भन्दा बढी बस्न नपाउने जस्ता नयाँ ब्यवस्था राखेर विधान प्रस्तुत गरिएको छ।







डिसी नेपाल








Facebook Comment