क्रिकेटर लामिछाने बिरुद्धको मुद्दामा आज क्षतिपूर्ति सम्बन्धी सुनवाई हुँदै
काठमाडौं। क्रिकेटर सन्दिप लामिछाने बिरुद्धको मुद्दामा आज सुनवाई हुँदैछ। पीडित पक्षले माग गरे बमोजिम क्षतिपूर्ति दिन मिल्ने कि नमिल्ने भन्ने बारेमा आज जिल्ला अदालत काठमाडाैंमा हुने सुनवाईले टुंगो लगाउने छ।
लामिछानेसँग पीडित पक्षले यस अघि माग गरेको १० लाखको क्षतिपूर्तिकाे मागलाई अदालतले खारेज गरे पनि पीडित राहतकोशमार्फत् सर्वोच्चले क्षतिपूर्तिको विषय सम्बोधन गर्नुपर्ने जनाई दिएपछि आज सुनवाई हुन लागेको हो।
ततपश्चात ३६ लाख रुपैयाँ क्षतिपूर्तिको माग गरेपछि अदालतले पीडितले उपचार गरेकाे अस्पतालसँग उपचार खर्चको विवरण माग गरेको छ। सो विवरणसहित जिल्ला अदालत काठमाडौंले क्षतिपूर्ति सबन्धी निर्णयमा आदेश दिन सक्ने जनाइएको छ।
तर, सो मुद्दाको फाइनल पेशी भने अझै तोकिएको छैन। लामिछाने जिम्बाबेमा रहेका कारण अब उनी फर्के पछि मात्रै अदालतले अन्तिम सुनवाईका लागि पेशी तोक्ने सम्भावना रहेको जनाइएको छ।







डिसी नेपाल








Facebook Comment