बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने
हेटौंडा। बागमती प्रदेश सभाको बैठक बस्दैछ। प्रदेश सभा सचिवालय भवन हेटौंडामा उक्त बैठक बस्नेछ। बैठक अपरान्ह १ बजे बोलाइएको छ।
आजबाट बजेटमाथि छलफल सुरु हुने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ। जस अनुसार आजको बैठकमा प्रदेश सरकारले गत असार १ मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०-०८१ को बजेटमाथि आजबाट छलफल सुरु हुनेछ।
प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काका अनुसार सोमबार बसेको कार्य परामर्श व्यवस्थापन समितिको बैठकले मंगलबारदेखि बजेटमाथिको छलफल गरिने कार्यसूची बनाएको हो।
सो प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामाले गत असार १ गतेको प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका थिए, जुन बजेट माथी आज छलफल हुन लागेको हो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment