युवराज सफलले दायर गरेको रवि लामिछानेविरुद्धको रिट खारेज

डिसी नेपाल
१३ असार २०८० १७:१५
10.3k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेविरुद्ध दायर रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

युवराज सफलले दायर गरेको रिट बुधबार प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत र सपना प्रधान मल्ल सम्मिलित संवैधानिक इजलासले खारेज गरेको हो ।

महान्यायाधिवक्ता कार्यालयले राहदानी विवादमा मुद्दा नचल्ने निर्णय गरेपछि सफलले गत १० जेठमा लामिछानेविरुद्ध संवैधानिक इजलासमा रिट दायर गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.