मनोज चौलागाईंको ‘पिरतिको रंग’ बोलको गीत सार्वजनिक (भिडियो)

डिसी नेपाल
१७ असार २०८० ११:५६
584
Shares

काठमाडौँ। ‘पिरतिको रंग’ बोलको गीत सार्वजनिक भएको छ। खरी ढुंगाको रमणीय स्थानमा खिचिएको उक्त लभ गीतमा हस्त गौतमको शब्द रहेको छ।

संगीतकार मनोज चौलागाईको संगीत तथा एरेन्ज रहेको उक्त गीतमा अहिलेका चल्तीका गायक प्रताप दास र गायिका बिनुषा राइको स्वर रहेको छ।

अकस्टिक नेपाल स्टुडियोमा रेकर्डिङ गरिएको उक्त गीतमा प्रकाश मिस्रले मिक्सीङ मास्र्टिङ गरेका छन् भने राजा बाबुले रेकर्डिङ गरेका छन्।

यस गीतको म्यूजिक भिडियोलाई हरिश बिजिलाजीले निर्देशन गरेका छन भने क्यामरामा हरिश महरा मेकअपमा सर्मिला सुनुवार सम्पादन रोशन धितालले गरेको उक्त गीतमा रिचा थापा, सागर एन.पि र सुमन सुनुवारको अभिनय रहेको गीतलाई म्यूजिक बिट यूट्युव च्यानलबाट सार्वजानिक गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.