आगलागी भएपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित
बुटवल। प्रदेशसभा भवनमा रहेको जेनरेटरमा आगलागी भए लुम्बिनी प्रदेशसभा बैठक १० मिनेटका लागि स्थगित गरिएको छ ।
आगलागी भएपछि बुधबार नै बस्नेगरी १० मिनेटका लागि प्रदेशसभा बैठक स्थगित गरिएको हो। जेनरेटरमा आगलागी भएको जानकारी दिँदै सभामुख तुलाराम घर्ती मगरले १० मिनेटका लागि बैठक स्थगित भएको घोषणा गरे।
बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विशेष सम्बोधन गरेपछि प्रमुख विपक्षी दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले बोल्दै गर्दा बैठक स्थगित गर्नुपरेको हो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment