‘लेन्डुप दोर्जेको दोस्रो संस्करण’ चाहिँदैन भन्दै संसदमा एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा
काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा माग गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ।
आफुलाई प्रधानमन्त्री बनाउन दिल्ली गएको भन्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिप्रति आपत्ती जनाउदै एमालेले राजीनामा माग गर्दै संसद अवरुद्ध गरेको हो ।
बुधबार प्रतिनिधिसभा बैठक सुरु हुने बितिकै एमाले लगाएत प्रतिपक्षी दलका सांसदहरु उठेर विरोध जनाएका थिए । सो क्रममा एमाले नेता रघुजी पन्तले नेपालको प्रधानमन्त्री बन्न दिल्ली जानुपर्ने हो वा जनतातर्फ फर्किने हो भन्दै प्रश्न गरे।
प्रधानमन्त्रीको अभिव्यक्तिले देशको स्वाभिमानमा ठेस लागेको उनले बताए। पन्तले लेन्डुप दोर्जेको दोस्रो संस्करण नचाहिने भन्दै प्रधानमन्त्रीको राजीनामा माग गर्दै अहिलेको अवस्थामा संसद चल्न नसक्ने स्पष्ट पारे।
एमाले लगायत प्रतिपक्षीको विरोधपछि सभामुख देवराज घिमिरेले संसद बैठक स्थगीत गरेका थिए।







डिसी नेपाल








Facebook Comment