राजीनामा माग गर्नु र संसद अवरुद्ध गर्नु संसदीय मर्यादा विपरित : ऊर्जामन्त्री बस्नेत

डिसी नेपाल
२० असार २०८० १७:५४
252
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवं ऊर्जामन्त्री शक्ति बस्नेतले प्रधानमन्त्रीको अभिव्यक्तिको आशय नबुझी राजीनामा माग गर्नु र संसद अवरुद्ध गर्नु संसदीय मर्यादा विपरित रहेको बताएका छन् ।

बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिको आशय बुझ्न संसदले आवश्यक ठाने प्रधानमन्त्रीसंग बुझ्ने अधिकार संसदले राख्ने भएपनि आशय नै नबुझी राजीनामा माग गर्नु र संसद अवरुद्ध गर्नु संसदीय मर्यादा विपरित रहेको बताएका हुन् ।

उनले संसदीय प्रक्रियालाई नै छाडेर संसद अवरुद्ध गर्नु उचित नभएको उल्लेख गरे । प्रधानमन्त्रीले आफ्नो कुरा नभनेको र प्रीतम सिंहले ठीक गरे भनेर नभनेको भन्दै यसलाई अतिरञ्जीत गर्न आवश्यक नरहेको उनको भनाइ छ ।

उनले व्यक्तिगत रुची र शुभेच्छालाई लिएर विवाद गनुपर्ने कारण नै नरहेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.