अपर तामाकोशीले पायो शतप्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति

डिसी नेपाल
२५ असार २०८० ८:३५
1.1k
Shares

काठमाडौँ। अपर तामाकोशी हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने अनुमति प्राप्त गरेको छ।  नेपाल धितोपत्र बोर्ड (नेप्से)ले हाइड्रोपावरलाई शतप्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो।

बोर्डले कम्पनीलाई १००% अर्थात् १ बराबर १ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद जारी गर्न अनुमति दिएको हो। हकप्रद सेयर निष्कासनका लागि कम्पनीले नागरिक लगानी कोष र सनराइज क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *