अपर तामाकोशीले पायो शतप्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति
काठमाडौँ। अपर तामाकोशी हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने अनुमति प्राप्त गरेको छ। नेपाल धितोपत्र बोर्ड (नेप्से)ले हाइड्रोपावरलाई शतप्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो।
बोर्डले कम्पनीलाई १००% अर्थात् १ बराबर १ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद जारी गर्न अनुमति दिएको हो। हकप्रद सेयर निष्कासनका लागि कम्पनीले नागरिक लगानी कोष र सनराइज क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment