सरकारले सामन्तको पक्षमा काम गरेको ओलीको आरोप

‘सरकार परिवर्तन गर्ने चाहना एमालेलाई छैन्’

डिसी नेपाल
२६ असार २०८० १६:१६
152
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल सरकार परिवर्तन गर्ने चाहना एमालेलाई नभएको स्पष्ट पारेका छन् ।

एमाले बागमती प्रदेश संगठन कमिटीको बैठकलाई मंगलबार पार्टी कार्यालय च्यासलमा सम्बोधन गर्दै ओलीले दलहरुको गठजोर गरेर सरकार परिवर्तन गर्ने चाहना एमालेलाई नभएको भन्दै एमालेको ध्यान मिशन ८४ मा रहेको बताएका हन् । उनले आगामी निर्वाचनमा बहुमत ल्याएर एकल सरकार बनाउने तयारीमा एमाले रहेको जिकिर गरे । उनले चौतर्फी धेराबन्दी र आक्रमणलाई पराजित गरेर एमाले अहिलेको अवस्थामा आइपुगेको बताए ।

ओलीले बैंशाख २४ गते पेश गर्नुपर्ने मिटरव्याज कानून सम्बन्धी अध्यादेश अन्तिम दिनमा पेश गरेर सरकारले सामन्तको पक्षमा काम गरेको तर्क गरे । मिटरव्याज सम्बन्धी कानूनलाई अघि नबढाउने र त्यसको दोष प्रतिपक्षीलाई लगाउने काम सरकारका तर्फबाट भएको उनले बताए । संसद चलाउन एमालेले पहल गर्दा पनि आफुलाई सदनमा बोल्न नदिएको भनेर प्रधानमन्त्रीले झुट बालेको पनि बताए ।

उनले एमाले अनुचित, अनैतिक क्रियाकलापमा विश्वास नगर्ने र त्यस बाटोमा नहिड्ने जिकिर गरे । कुनै व्यक्तिले कुनै त्रुटी गरे त्यो व्यक्तिगत हुने र पार्टीको नीति नहुने उनले बताए । ओलीले एमाले सरकारमा हुँदा गरेका राम्रा कामहरुको प्रचार गर्न निर्देशन दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.