फलफूल तथा तरकारीकाे मूल्य : गुन्द्रक २७५ रुपैयाँ, पालूगो साग ८५ रुपैयाँ

डिसी नेपाल
२७ असार २०८० ८:५८
2.0k
Shares

काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार ठुलो नेपाली गोलभेडा, स्थानीय काउली, लाम्चो भन्टा, भटमासकोशा र पालूगो साग प्रतिकेजी ८५ रुपैयाँ, लोकल सानो गोलभेडा २० रुपैयाँ ६० पैसामा काराेबार भइरहेकाे छ।

साथै, टनेल गोलभेडा ३८ रुपैयाँ ६० पैसा, रातो आलु ४७ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ, मुडको रातो आलु ३९ रुपैयाँ, सुकेको प्याज ५१ रुपैयाँ ४० पैसा, लोकल गाजर र ज्यापु काउली ९५ रुपैयाँ तोकिएको समितिले जनाएकाे छ।

उता रातो मूला प्रतिकेजी ४६ रुपैयाँ ६७ पैसा, लोकल सेतो मूला १४ रुपैयाँ २५ पैसा, डल्लो भन्टा ११५ रुपैयाँ, तने बोडी १०२ रुपैयाँ, मकै बोडी ८६ रुपैयाँ ६७ पैसा, लोकल घिउ सिमी ९६ रुपैयाँ, हाइब्रीड घिउ सिमी १०५ रुपैयाँ, टाटे सिमी १७५ रुपैयाँमा काराेबार भइरहेकाे छ।

तितो करेला ८६ रुपैयाँ, लौका ७६ रुपैयाँ, परवर, डल्लो फर्सी र ब्रोकाउली प्रतिकेजी ५५ रुपैयाँ, चिचिण्डो र रातो बन्दा ६५ रुपैयाँ, घिरौला ६४ रुपैयाँ, भिण्डी ९४ रुपैयाँ, रायोको साग ८६ रुपैयाँ ६७ पैसा, तोरीको साग ५६ रुपैयाँ ६७ पैसामा खरिदबिक्री गर्न सकिनेछ।

कन्य च्याउ १६० रुपैयाँ, डल्ले च्याउ २९६ रुपैयाँ, न्यूरो ७६ रुपैयाँ ६७ पैसा, सेलरी १४० रुपैयाँ, पार्सले ३५० रुपैयाँ, पुदीना १३५ रुपैयाँ, गुन्द्रुक २७५ रुपैयाँमा पाइने समितिकाे भनाइ छ।

उता,  फूजी स्याउ ३२५ रुपैयाँ, कागती १५० रुपैयाँ, अनार ४३३ रुपैयाँ ३३ पैसा, मालदह आँप ११६ रुपैयाँ ६७ पैसा, दसहरी आँप ११५ रुपैयाँ, भुई कटहर १६५ रुपैयाँ, किवि ८५० रुपैयाँ, अकबरे खुर्सानी २७५ रुपैयाँ र भेडे खुर्सानी ७० रुपैयाँ पर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *