सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?
काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। बुधबार सुनको मूल्य प्रति तोला १ लाख ११ हजार ६ सय रुपैयाँ कायम भएको छ।
मंगलबार प्रति तोला १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज ३ सयले बढेर प्रति तोला १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख ११ हजार ५० रुपैयाँ कायम भएको छ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले बढेको हो। मंगलबार चाँदी प्रति तोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment