सेयर बजार बढेसंगै यी कम्पनीका लगानीकर्ताले कमाए अत्याधिक मुनाफा

डिसी नेपाल
२७ असार २०८० १५:२६
732
Shares

काठमाडौँ। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार बढेको छ। बुधबार नेप्से परिसूचक २५.३१ अंकले बढेर २०७२.२४ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.२८ अंकले बढेर ३९२.१५ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २८९ कम्पनीको कारोबारमा ७ कम्पनीको सेयर भाउ अत्याधिक बढेको छ। सेयर भाउ बढ्नेमा शिव श्री हाइड्रोपावर, सिवाइसी नेपाल लघुवित्त र रिभर फल्स पावरको सेयर भाउ १० प्रतिशतले वृद्धि भएको छ।

यस्तैगरी, लक्ष्मी इक्युती फण्डको सेयर भाउ ९.९९ प्रतिशत, एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको सेयर भाउ ९.९८ प्रतिशतन शुभम् पावरको सेयर भाउ ९.९७ प्रतिशत र नेसनल हाइड्रोपावरको सेयर भाउ ९.९६ प्रतिशत सेयर भाउ बढेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *