भीम रावलको प्रश्न, ‘अमेरिकी सहायक बिदेशी मन्त्रीसँग ठूला नेताहरुको भेटघाट किन?’

डिसी नेपाल
३० असार २०८० ९:४२
152
Shares

काठमाडौं। नेकपा एमालेका नेता भीम रावलले एमसीसी कार्यान्वयनका लागि भएको अमेरिकी चासोका बारेमा टिप्पणी गरेका छन्। अमेरिकी बिदेश सहायक मन्त्री डोनाल्ड लुले शिर्ष नेताहरुसँग भेटघाट पछि उनले आफनो टिप्पणी सार्बजनिक गरेका हुन्।

‘एमसीसी नेपालको हितमा नेपालकै आयोजना भएको भए त्यसलाई लिनैपर्छ भनी अमेरिकीहरूले कहिले धम्की दिने र तारन्तार कार्यान्न्वयनका लागि नेपाल आई सबै ठूला दलका नेतालाई भेट्नुपर्ने किन?’ रावलको प्रश्न छ ‘अमेरिकी सहायक मन्त्री आउँदा प्रमदेखि ठूला दलका नेताहरूले भेटवार्ता गर्नै पर्ने कुराको रहस्य के हो?’

सहायक बिदेश मन्त्री डाेनाल्डले हिजाे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता केपी शर्मा अाेली र नेपाली कांग्रेसका नेता शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.