लुम्बिनी प्रदेश सभामा दुई विधेयक पेश
दाङ । लुम्बिनी प्रदेश सभाको दोस्रो अधिवेशनको शनिवार बसेको १९औं बैठकमा दुई विधेयक पेश भएका छन् भने एउटा विधेयक फिर्ता भएको छ ।
शनिवारको बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीका तर्फबाट आन्तरीक मामिला मन्त्री सन्तोष पान्डेले प्रदेश निजामति सेवाको गठन, संचालन र देहायका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र स्वास्थ्य मन्त्री राजु खनालले स्वास्थ्य संस्था स्थापना, संचालन तथा नवीकरण र स्तरोन्नति ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेशसभामा पेश गरेका हुन् ।
स्वास्थ्य मन्त्री राजु खनालले स्वास्थ्य संस्था स्थापना, संचालन तथा नवीकरण र स्तरोन्नति ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयय माथि सैद्धान्तिक छलफल भएको छ । छलफलमा मन्त्री खनालले प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिएका थिए ।
यसैबीच लुम्बिनी प्रदेश सरकारले यसअघि पेश गरेको एउटा विधेयक फिर्ता भएको छ । प्रदेशसभामा पेस भइ लामो समयसम्म छलफल नभई रोकिएको लुम्बिनी प्रशिक्षण प्रतिष्ठानको स्थापना, संचालन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभा बैठकबाट फिर्ता भएको छ । लुम्बिनी प्रदेशसभाको अर्को बैठक साउन ८ गते बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।







डिसी नेपाल








Facebook Comment