सुदूरपश्चिम प्रदेश : बजेट बहुमतले पारित, एमालेले गर्यो बहिस्कार
कैलाली । सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्षको बजेट पारित गरिएको छ । शनिबार राति १० बजे बसेको प्रदेशसभाको बैठकले असार १ गते आर्थिक मामिला मन्त्री नरेश शाही प्रस्तुत गरेको बजेट बहुमतले पारित गरेको हो ।
नेकपा एमालेले भने तोकिएको समयमा बैठक सुरु नगरेको र कार्यसूचीमा नै नभएको बजेट पारित गर्ने विषय प्रवेश गराएको भन्दै बहिस्कार गरेको थियो ।
बजेट छलफलमा विपक्षी दलबाट राप्रपा सांसद खेमा देवी विष्ट मात्रै उपस्थित थिइन् । एमालेका सबै सांसद र स्वतन्त्र सांसद तारा जोशीले प्रदेश सभा बैठक बहिस्कार गरेका थिए ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment