स्वास्थ्यमन्त्री बस्नेत बेलायतमा

डिसी नेपाल
३१ असार २०८० ६:३४
104
Shares

लण्डन। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेत बेलायत आइपुगेका छन्। नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङका अनुसार उनी एक निजी भ्रमणका शिलशिलामा लण्डन आएका हुन्।

शुक्रबार साँझ लन्डन आइपुगेका उनलाई बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, नेपाली जनसम्पर्क समिति बेलायत सभापति युवराज गुरुङलगायतले लण्डन विमानस्थलमा स्वागत गरेका थिए।

निजी भ्रमणमै आएका भए पनि मन्त्री बस्नेतले बेलायती स्वास्थ्यमन्त्री स्टिभ बार्कलेसंग भेट्ने र यहाँका केही अस्पतालहरुको भ्रमण गर्ने पनि कार्यक्रम छ।

त्यस्तै, जनसम्पर्क समिति बेलायतले पनि उनको सम्मानमा आइतबार बेलुका अल्डरसटमा एक स्वागत कार्यक्रम गर्ने भएकाे छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.