राष्ट्रपति पौडेलद्वारा बजेटसम्बन्धी विधेयक प्रमाणीकरण

डिसी नेपाल
३१ असार २०८० १४:५६
108
Shares

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रमाणीकरण गरेका छन्।

प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित गरेर सभामुख देवराज घिमिले प्रमाणित गरेर पठाएको विनियोजन विधेयक २०८०, आर्थिक विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० लाई राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रपति पौडेलले आइतबार प्रमाणीकरण गरेका हुन्। राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेपछि भोलि १ साउन अर्थात् सोमबारदेखि बजेट कार्यान्वयन हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.