एमाले प्रचार विभागमा ११ जना मनोनीत

डिसी नेपाल
३१ असार २०८० २१:३१
700
Shares

काठमाडौं । नेकपा (एमाले)ले पार्टीको प्रचार तथा प्रकाशन विभाग विस्तार गरेको छ । विभागका सचिव गगन विष्टले थप ११ जनालाई विभागको सदस्यमा मनोनीत गरिएको जानकारी दिए ।

उनका अनुसार काठमाडौँका महेन्द्र विष्ट, बाँकेका अछरी पोखरेल, सुर्खेतका सूर्यमणि गौतम, कैलालीका हेमन्त पौडेल, सुनसरीका लीलाराज भट्टराई, पर्साका लालबाबु शेख, लमजुङका गणेश पाण्डे, रुपन्देहीका दीपक ज्ञवाली र शेरबहादुर केसी, कास्कीका रामकृष्ण ज्ञवाली र भोजपुरका राजेश राईलाई विभागमा मनोनयन गरिएको छ ।

आज मनोनीत गरेसँगै १९ सदस्यीय प्रचार विभाग बनेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.